+
Search

ताजा अपडेट +

पपुलर +

गायक प्रकाशले लिएर आए ‘बिश्वास’ { भिडियो}

4KNationalDaily
२०७६ बैशाख १८, बुधबार १६:३६ बजे

काठमाडाैं- अस्ट्रेलिया बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ।

विगत १० वर्ष देखि अस्ट्रेलियामा बस्दै आएका गायक प्रकाश कार्कीले नयाँ गीत ‘बिश्वास’ सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा निकै रुचि राख्ने गायक कार्की पेशाले सिभिल इन्जिनियर हुन् ।

केहि दिन अघि उनको नयाँ गीत ‘बिश्वास’ डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतलाई मिडिया र दर्शक बाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ।

यस गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत प्रकाश कार्की र स्वतन्त्र सङ्म्यानको रहेको छ । गीतको एरेञ्ज्मेन्ट गोपाल रसाइलीले गरेका हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो आउने तयारीमा छ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily