+
Search

ताजा अपडेट +

पपुलर +

लगानीको अभावमा बुढिगण्डकीको काम अघि बढाउन सकिएन- उर्जामन्त्री

4KNationalDaily
२०७६ बैशाख १६, सोमबार १७:४३ बजे

काठमाडाैं- उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको बताएका छन् ।

उनले लगानीको अभावमा राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको बताएका हुन् ।

आइतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पुनले स्थानीय जनतालाई विश्वासमा लिएर मात्रै कुनै पनि जलविद्युत आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

बुढिगण्डकी अायाेजनाकाे अहिले गाेरखा तिरकाे अारूघाट क्षेत्रकाे र धादिङ जिल्लाकाे खहरे लगायतका क्षेत्रकाे मुअब्जा ताेकिएकाे छ । तर दुवै जिल्लाका क्षेत्रमा स्थानियकाे माग अनुसार मुअब्जा नताेकिएकाे र दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे अालटालले समस्या भएकाे भन्दै विराेध गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily