+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न सभामुख महराको आग्रह

4KNationalDaily
२०७६ बैशाख १४, शनिबार ०१:०० बजे

गोरखा- सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् ।

भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न गाेरखा दरबारमा पुगेकामहराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरेका हुन् ।

‘दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो’, उनले भने, ‘पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ ।’

उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कति पनि नबिग्रने गरी गर्नुपर्नेमा अाग्रह गरे ।

‘दरबारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा तीनवटै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकाय सबैको चिन्ता र चासो हुनु आवश्यक छ’, सभामुख महराले भने, ‘गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्यौँ भने गोरखाको आर्थिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

उनले जिल्लाको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार सङ्ग्रहालयको समेत अवलोकन गरेका थिए । गोरखा दरबारभित्र रहेका विभिन्न ऐतिहासिक कक्ष, नेपाल एकीकरणमा प्रयोग गरिएका हातहतियार, परम्परागत सामग्री तथा विभिन्न जातजाति र समुदायको पहिचान एवम् कला संस्कृति झल्काउने खालका डमीको समेत उनले अवलोकन गरेका थिए ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा हिजो आयोजना भएको चौथो भूकम्प स्मृति दिवसमा सहभागी हुन बुधबार साँझ गोरखा आइपुगेका सभामुख महरा शुक्रबार गोरखाको तल्लो दरबार र माथिल्लो दरबारको अवलोकन गरी राजधानी फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily