काठमाडाैं- भेष गुरुङ र राज वाम्बुले राईको ‘आधी रात’ सार्वजनिक भएकाे छ । बैदेशिक राेजगारीकाे शिलशिलामा इराककाे सुलेमानीमा रहेका उनीहरूले बूढासुब्बा म्युजिकबाट उक्त भिडियाे सार्वजनिक गरेका हुन्।
वाम्बुलेको शब्दमा रहेको यो उनको तेस्रो गीति संगालो हो । यसबाहेक उनले प्रीतको शहर, कसममा आफ्नो शब्द र संगीत दिएका थिए ।निर्देशन/छायाँकन/सम्पादन सबै अाफै गरेका गायक गुरूङले भने ‘प्रेम आफैमा एउटा सुन्दर चिज हो जो एक अर्कालाई हृदय देखिनै प्रकट गर्न खोजिन्छ । विशेष गरि यस भिडियोमा पनि एक प्रेमिल जोडीलाई दर्शाइएको छ ।’
उनी भनछन् ‘जसमा प्रेमीले आफ्नो प्रेमीकालाई धेरै मायाँ गरेर आफ्नो भावना व्यक्त गरिरहेको भिडियोमादेख्न सकिन्छ। एक अर्काको मायाँमा परेका प्रेमीले आफ्नो प्रेमिका जीन्दगीको एक अमूल्य पात्र भन्ने शाब्दिक अर्थ यहाँ देख्न र सुन्न पाईन्छ।’ आधा रातमा ब्यूँझाउदै आउने प्रेमिकाको यादलाई समेटेर एक भावनात्मक अभिव्यक्ति यस गीतमा दर्साइएको छ।
उक्त म्युजिक भिडियोमा सोनाम शेर्पा र सम्झना तामाङको अभिनय रहेको छ भने एरेन्ज रसाइलीको रहेको छ । भिडियाेमा इराककाे सुलेमानीका विभिन्न पर्यटकिय स्थलकाे कैद भएकाे छ ।
भिडियाे
प्रतिक्रिया