+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ वर्षमा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीकाे बनभोज

4KNationalDaily
२०७६ बैशाख ७, शनिबार २२:५१ बजे

कुर्दिस्तान- कुर्दिस्तान (इराक) सुलेमानिमा रहेर प्रवासीहरुको समस्यालाई सके सम्म सहयोग गर्ने, चाडबाडमा नेपालीहरुलाई जमघट गराई मनोरञ्जनात्मक कार्यक्रम राख्दै आएको कुर्दिस्तान प्रवासी नेपाली समाजले यो पटक सुलेमानिको मुख्य चेक पोस्ट भन्दा एक घण्टाको दुरिमा रहेको जेवे भन्ने स्थानमा बनभोज गरि नयाँ बर्ष मनाएका छन।

समाजका महासचिब बिनोद श्रेष्ठका अनुसार सदैब सांस्कृतिक कार्यक्रम गरि मनोरञ्जन धेरै पटक गराई सकेकोले यो पटक धेरै संख्यामा नेपाली दाजुभाई दिदिबहिनिहरुको रेसिडेन्सी कार्ड नभएको अवस्थामा सिटि बाहिर घुमाउन र बनभोज जानका लागि एफ डब्लू सि डि ओ (FWCDO) सङ्ग सहकार्य गरि केन्द्रीय सरकार सगं इजाजत लिई बनभोज कार्यक्रम आयोजना गरिएको बताए ।

यो कार्य सोचेको जस्तो सजिलो नरहेको तर प्रवासमा शहर भित्र बर्सौ बसेर उकुसमुकुस भएका नेपालीहरुलाई मनोरञ्जन गर्ने उदेश्य लिएर बनभोज कार्यक्रम आयोजना गरिएको बताए।

बनभोज कार्यक्रम निकै रमाइलो भएको रेसिडेन्सी कार्ड नभएका नेपालीहरुलाई मनोरञ्जन गराई जिम्मेवारी पुर्ब जेवेबाट सुलेमानी सम्म समयमै ल्याउन सफल हुँदा निकै खुशी लागेको समाजका अध्यक्ष कमल वाइबाले बताए।

बनभोज कार्यक्रम सफल गर्नुले सुलेमानिमा रहेका नेपालीलाई समाज प्रती अझ धेरै बिश्वास बढेको बताए। कार्यक्रमलाई इराकि टेलिभिजन रुदावाले रिपोर्टिङ गरेको थियो। बनभोज कार्यक्रममा नेपालीहरुको ठुलो समुह नेपाली गितमा नाच्दै गर्दा त्यहाँका स्थानीयहरुपनि आएर नाचेका थिए।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily