+
Search

ताजा अपडेट +

पपुलर +

लिगलिग कोटमा आन्तरिक पर्यटकको आकर्षण

4KNationalDaily
२०७६ बैशाख ५, बिहीबार २२:५१ बजे

गाेरखा- पछिल्लो समय लिगलिग कोटमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

पालुङटार नगरपालिका वडा नं. २ मा रहेको पालुङटार नगरपालिकाको एक मात्र पर्यटकिय गन्नव्य बनेको लिगलिग कोटमा नगरपालिकाले ठूलो राष्ट्रिय झण्डा राखेपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको हो ।

बिभिन्न चाड पर्वहरुमा अलि अलि मात्र पर्यटकहरुको उपस्थिति देखिने लिगलिग कोटमा नयाँ वर्षको अबसरमा भने घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या अहिले सम्मकै धेरै भएको लिगलिग विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए ।

लिगलिग कोटमा आन्तरिक पर्यटकहरु बढे पनि स्थानिय निकायले विकासका पूर्वाधार नयाँ संरचनाहरुको विकासमा भने खासै ध्यान नदिएको विकास अभियानका अध्यक्ष रानाको गुनोसो गरे ।

‘लिगलिग कोटमा अझै दुरर्विन राख्ने, भ्यू टावर वनाउने, मन्दीर बनाउने, दरवारको स्तर उन्नती गर्ने, बाटोको स्तर उन्नती गर्ने जस्ता कामहरु गर्न सके अझै पर्यटकहरुको भिड् लाग्ने थियो’, उनले भने ‘बिगतको समयमा आन्तरिक पर्यटकहरुको आवागमन छिट्ट पुट्ट हुने गरेको देखिए पनि नयाँ वर्ष अर्थात बैसाख १ गते भने लिगलिग कोटमा करिव १५ सय आन्तरिक पर्यटकहरुको उपस्थिसत रहेको हाम्राे अनुमान थियाे ।’

अहिले झण्डा हेर्नको लागि भरेर पनि पर्यटकहरु आउने गरेको र अझ स्थानिय निकायले बाटोको स्तर उन्नती गर्दिएमा अझै बुढा पाकाहरु समेत आउन सक्ने अवस्थाको सृजना हुने रानाको विस्वास रहेको छ ।

अहिले पनि टाढा टाढाबाट लिगलिगमा आउने पर्यटकका लागि बस्ने ठाउँको उचित प्रबनद्ध नभएकाले अब छिट्टै विकास अभियानले बस्ने खाने ठाउँको समेत व्यवस्था मिलाउने तयारी गरेको उहाँको भनाई छ ।

हिसावकिताब नबुझाएका कारण समस्या- नगरप्रमुख कडेल

पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कडेलले लिगलिग विकास अभियान र स्थानियहरुले काम गर्ने र हिसाव किताब नबुझाउने गरेका कारण समस्या आएको बताए ।

नगरप्रमुख कडेलले नगरपालिकाले लिगलिग कोटमा पर्यटकिय सम्भावना र लिगलिगको विकासको लागि प्रचार प्रसारको काम अघि बढाई रहेको भन्दै लिगलिग बिकास अभियानले कर्मकाण्डी हिसाबले लिगलिगे दौड गर्ने भन्दा अरु केहि काम नगरेको प्रतिक्रिया दिए ।

नगरप्रमुख कडेले लिगलिग कोटमा होम स्टेको अबधारणा बिकासका लागि नगरपालिकाले सामुदायिक भवन निर्माण गरिसकेको र लिगलिगका बासिन्दालाई होम स्टे निर्माणको लागि नगरपालिकाले आवस्यक सहयोग प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily