+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट गाउँपालिका माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्डको उपाधि ज्ञानज्योतीलाई

4KNationalDaily
२०७६ बैशाख ५, बिहीबार २२:३८ बजे

गाेरखा- अजिरकोट गाउँपालिकाका माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्डकाे उपाधि ज्ञान ज्याेती माध्यमिक बिद्यालय अजिरकाेट-३, लप्सिबाेटले जितेकाे छ ।

अजिरकोट गाउँपालिकाद्धारा आयोजित माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योतिले जितेकाे हाे ।

कुल २१ खेलमा ज्ञानज्याेतिले ९ स्वर्ण र २ रजत सहित प्रथम हुन सफल भएकाे हाे । त्यस्तै, वडा न २ खरिबाेटकाे प्रभा माध्यमिक बिद्यालयले ५ स्वण र २ रजत र ३ काह्य सहित द्धितीय भएको छ । वडा न ५ काे चतुर्माला माध्यमिक बिद्यालय मुच्चाेकले ३ रजत र १ काश्य पदक सहित तृतीय बनेको छ ।

गाउँपालिका ८ वटा बिद्यालय सहभागि खेलमा भलिबल तर्फ ज्ञानज्योतिका आनन्द परियार र छात्रातर्फ चतुर्मालाकी सम्झना देवकोटालाई उत्कृष्ट खेलाडी घोषित गरिएकोे छ । एथलेटिक्स छात्रतर्फबाट ज्ञानज्योतिका विनोद तामाङ र छात्रातर्फ ज्ञानज्योतिकै मञ्जु ढकाल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बिहिबार समापन समारोहका बोल्दै गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले खेलकुदको विकासले विद्यार्थीको पठन पाठन लगायत चौतर्फी विकासका साथै अनुशासित हुने हुँदा खेल क्षेत्रलाई सवै विद्यालयहरुले प्राथमिकता दिनुपर्ने बताए ।

भच्चेक बजारमा सम्पन्न कार्यक्रममा अजिरकोट गाउँपालिका शिक्षा शाखा प्रमुख सिताराम पन्त, प्रमुख प्रशाशकिय अधिकृत परमेश्वर पन्त, अजिरकोट गाउँपालिका वडा नं.३ का वडाध्यक्ष तोयाराज गुरुङ, ज्ञानज्योतिका प्रधानाध्यापक विष्णुदत्त अधिकारी, चतुर्मालाका बुद्धि बहादुर वि.क., शिक्षक महासंघका अध्यक्ष कालिकाप्रसाद अधिकारी, धनशिलाका तिल बहादुर गुरुङ, प्रभाका दिपक प्रसाद दवाडी लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily