काठमाडाैं– एपिक नेपाल म्युजिक प्रालिको ब्यानरमा चर्चित गायक पुन्यम प्रधान र गायिका प्रविशा अधिकारीको सुमधुर आवाजमा रहेको आधुनिक गीत’तिम्रो आखाँको रंग’ सार्वजनिक भएको छ ।
नेपालकै पहिलो महिला निर्देशक बबिता श्रेष्ठ द्वारा निर्देशन गरिएको उक्त भिडियोमा मुकेश हुमागाईंको छायांकन रहेको छ। चर्चित गीतकार एबम संगीतकार नबिन श्रेष्ठको शब्द संगीतमा तयार परिएको उक्त गीतमा प्रेमको गहिरो अभिब्यक्तीलाई कलात्मक रुपमा चित्रण गरिएको छ।
सञ्चिता शाही र अमन श्रेष्ठको उत्कृष्ट अभिनयमा रहेको उक्त भिडियोलाई प्रियसी म्युजिक प्रालिले दृश्य निर्माण गरेको छ भने अभीनास डिसीको सम्पादन रहेको छ ।
भिडियाे
प्रतिक्रिया