+
Search

ताजा अपडेट +

पपुलर +

हेटाैडा पुगेर गृहमन्त्रीले भने -हिंसाको बाटो अपनाएको विप्लव समूहसँग वार्ता जारी छ

4KNationalDaily
२०७६ बैशाख ४, बुधबार १९:०८ बजे

हेटाैडा- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई सरकारले नियन्त्रण गरेर छाड्ने दावी गरेका छन्।

गृह मन्त्रायद्वारा अायाेजित प्रदेश ३ स्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन गर्दै उनले राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई सरकारले नियन्त्रण गरेर छाड्ने दावी गरेका हुन् ।

विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।  उनले सरकार शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन सफल भएको दावी समेत गरे।

देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको गृहमन्त्री थापाको भनाइ थियो। उनले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको दावी गरे।

हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने बताए। पत्रकारको जिज्ञासामा नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ।

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ। गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, संघीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily