+
Search

ताजा अपडेट +

पपुलर +

अवैध भरूवा बन्दुकसहित गाेरखाका राना पक्राउ

4KNationalDaily
२०७५ चैत्र २२, शुक्रबार १८:४२ बजे

गोरखा- भरुवा बन्दुक सहित पालुङटार नगरपालिका–६ च्याङलीका ५८ बर्षिय बिर बहादुर राना मगर पक्राउ परेका छन् ।

अवैध रुपमा घरमा लुकाएर राखेको बन्दुक फेला पारेपछि प्रहरीले रानालाइ वुधवार पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा रानाको घरमा खानतलासी गर्दा घरको कोठामा लुकाएर राखेको भरुवा बन्दुक सहित हतियारमा प्रयोग हुने बारुद र सिसाका टुक्रा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

उक्त सामानहरु प्रहरीले बरामद गरेको छ । पक्राउ परेका रानालाइ हात हतियार खरखजना अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily