+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन हारेर पनि जनताको मन जित्ने नेता

4KNationalDaily
२०७५ चैत्र १६, शनिबार १९:०८ बजे

गाेरखा- हाम्रा नेताहरु चुनावको मुखमा मात्रै जनता सामु जाने अनि अनेकौं आश्वासन बाड्ने गर्छन् तर निर्वाचन पश्चात भने एक पटक पनि नाक मुख देखाउदैनन ।

तर, यस्तो नेपाली राजनीतिक संस्कारलाई ठाडै चिर्दै ‘हर हमेसा’ जनताका माझ पुग्दै जनताका समस्या बुझ्दै केन्द्र, प्रदेशसम्म पुगेर विभिन्न योजना माग्ने र जनता माझ जाने नेता हुन् दीपक देवकोटा ।

उनी केन्द्रसम्म पहुँच राख्ने साङ्गठनिक क्षेत्रमा दखल व्यक्ति हुन । यति मात्रै कहाँ हो र ? उनी जनताका बीच पुगि भावी योजना बनाउने, युवा, बाल, बृद्ध सबैसँग बसि भलाकुसरी गर्दै उस्तै व्यबहार गर्ने, विभिन्न कार्यक्रममा सरिक हुने, गाउँमा झगडा मिलाउन सरल ढंगले मध्यस्थता गर्ने देखि स्थानीय सरकारबाट भएका नराम्रा कामका विरुद्ध पनि उत्तिकै सजगता पुर्वक लाग्छन ।

उनी सरल, मिजासिलो, मिलनसार र सालिन छन । स्थानिय निर्वाचनकाे समयमा ढिलोगरि पार्टीले अजिरकोट पठाएपछि गत २०७४ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट अजिरकोट गाउँपालिका अध्यक्षका रूपमा मैदानमा पवेश गरे ।

झिनो मतले कांग्रेसका नेताबाट पराजित भए र स्थानीय सरकारमा प्रतिपक्षको रुपमा रहे पनि ।  उनको पछिल्लो व्यवहारबाट अधिकांश गोरखावासी जनता अत्यन्तै प्रभावित भएको पाइएको छ ।

बाल्यकालदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका देवकोटा जन्युद्धमा कमान्डरको भुमिका र २०७३ सालसम्म काभ्रेमा इन्चार्जका रूपमा रहेका थिए ।

विकास निर्माणका सवालमा सकारात्मक पहल गरिरहेको, निर्वाचनमा पराजित भए पनि जनता माझ पुगेर धन्यवाद दिदै हिडेको तथा आफ्नो पुर्व प्रतिबद्धता अनुसार विकास निर्माणका कामहरु गरेको तथा जनताको सेवाबाट कहिल्यै नथाक्ने स्वभावका कारण उन

अहिले उनीहरुको दिनचर्या नै अजिरकोटका जनतामाझ बित्ने गरेको छ । भने, बिरलै रूपमा विशेष कामले मात्र जिल्ला बाहिर प्रदेश वा केन्द्र जान्रछन् ।

मिलन स्वाभावका नेता देवकाेटा अजिरकाेट गएपछि तत्कालीन माओवादी केन्द्रकाे अजिरकाेट क्षेत्रमा प्रभाव जमाएकाे थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily