गाेरखा- नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा क्रमशः सशस्त्र प्रहरी निरीक्षक र नेपाल प्रहरी निरीक्षकका लागि लिइएको लिखित/मौखिक खुला परीक्षामा १३ जना युवा दुवैतर्फ नाम निकाल्न सफल भएका छन्।
सशस्त्र प्रहरीद्वारा लिइएको लिखित र मौखिक परीक्षा अन्तर्वार्तामा १३ जना सफल भएका छन् भने नेपाल प्रहरीको लिखित परीक्षामा उत्तीर्ण भएका तिनै १३ जनाले मंगलबारदेखि मौखिक परीक्षा अन्तर्वार्ता दिइरहेका छन्।
यी मध्ये एक जनाले आदिवासी/जनजाति र दलितका साथै ११ जनाले खुला प्रतिस्पर्धामा नाम निकालेका हुन्। आदिवासी जनजातिबाट दीपेन्द्र श्रेष्ठ र दलितबाट देवीदत्त मोतेले नाम निकाल्नुभएको हो।
यसै गरी खुल्ला प्रतिस्पर्धामा आफुलाई उत्क्रिस्ट १३ मा पुर्याउदै नाम निकाल्न सफल हुनेमा गोरखा ताप्ले बन्दिचौरका निर बहादुर बानियाँ सहित अनिल सुवेदी, अर्जुन पौडेल, जगन्नाथ मरासिनी, दर्शन खड्का, दीपक कुँवर, प्रदीप पौडेल, यज्ञराज भट्ट, रवीन्द्र चन्द, सुवास खत्री र हरि बराल हुनुहुन्छ।
बानिया हाल सशत्र प्रहरीको निरिक्षक (इङ्ग्लेस्पेक्टर) पदमा कार्यरत छन् ।
प्रतिक्रिया