गोरखा– जिल्ला सदरमुकाम रहेको गोरखा अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरोन्ती भएको ६ बर्ष भएतापनि अहिलेसम्म अस्पतालले विशेषज्ञ डाक्टर पाएको छैन ।
२०६९ सालमा १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको अस्पातालमा ७ जना विशेषज्ञ डाक्टरसहित १३ जनाको दरबन्दी कायम भएतापनि अस्पतालमा विशेषज्ञ डाक्टर आएका छैनन् ।
विशेषज्ञ डाक्टर छैन अस्पतालमा
२०२९ मा स्थापना भएको गोरखा अस्पतालले दरबन्दी अनुसारका चिकित्सक पाउन सकेको छैन् । दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ती नहुदाँ गोरखा अस्पतालको बिजोग भएको छ । अस्पतालमा हाल ८ जना एमबीबीएस डाक्टरमात्र कार्यरत छन् ।
बालरोग, प्रसुति रोग, अर्थाेपेडिक, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, सर्जन र मानसिक रोग विशेषज्ञको दरबन्दी खाली रहेको छ । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालले दिनुपर्ने सेवा दिन सकेको छैन् ।
वषौँदेखी दरबन्दी अनुसारका चिकित्सक पाउन नसकेको तर्क गर्नेहरु पनि धेरै छन्। राजनीतिक दल सम्बद्ध व्यक्ति, अस्पतालकै उच्चपदस्थ कर्मचारीको आपसी मिलेमतोमा अस्पतालमा पदपुर्ती नहुने गरेको आरोप पनि लागेको छ । अस्पतालका प्रमुख श्रीराम तिवारि अस्पतालको विकासमा भन्दा पनि समय विताउन मात्र लागि परेको आरोप समेत लाग्ने गरेको छ ।
‘दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक भए जटिल केसका बिरामीहरुलाइ भर्ना गरेर राख्न सक्थ्यांै, ठूलाठूला अपरेसन गर्न सक्थ्यौं तर जुनियर डाक्टरबाट मात्र त्यो सम्भव छैन,’ अस्पतालका सुचना अधिकारी कृष्णप्रसाद ढकालले भने ।
गोरखा अस्पतालमा हाडजोर्नी सेवा, जनरल सर्जरी माननसिक रोग तथा रेडियोलोजिष्ट्री भयो भने गोरखा अस्पतालमा आएका विरामीलाई बाहिर रिर्फर गर्न पर्दैनथ्यो, सुचना अधिकारी ढकालले भने ।
२०७२ सालमा गएको विनाशकारी भुकम्पले थलिएको गोरखा अस्पताल निर्माणधिन अवस्थामा छ । ५० शैय्यामा अस्पताल स्तरोन्नति भए पनि सुविधा वृद्धि गर्न नसकेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया