+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी कार्यालय गोरखाको फेसबुक ह्याक : अश्लिल तस्वीरहरु आएपछि सिआइवीले गर्याे निश्किय

4KNationalDaily
२०७५ चैत्र १२, मंगलवार १५:१३ बजे

गाेरखा- जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा सोमबार बेलुका साढे ८ बजे प्रोफाइल र कभर तस्वीर परिर्तन भए । ती तस्वीर भने अश्लिल छन् । २०१६पछि सोमबार पहिलो पटक एक्टिभ देखिएको यो फेसबुक पेजमा एकाएक अश्लिल तस्वीर पोस्ट भएपछि गोरखा प्रहरी पनि हैरान भयाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रहरीसँग यो फेसबुक पेजको एडमिन छैन। तर, अहिले भने प्रहरीकाे फेसबुक पेजमा अश्लील तस्बिरहरू आएपछि प्रहरीकाे अपराध अनुसन्धान विभाग ‘सिआइवी’ काे सहयाेगमा पेज नै निश्किय बनाइएकाे छ ।

‘अज्ञात समुहले पेजमा अस्सील तस्बिरसहित पेज एक्टिभ देखियाे’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भाेला रावलले भने ‘सबैतिरबाट खबर आएपछि सिआर्इवीकाे सहयाेगमा पेज नै निश्क्रय गर्नुपर्याे’। उनी थप्छन् ‘पहिला यहाँ कार्यारत कुनै साथीहरूले साे पेज खाेल्नुभएकाे रहेछ । हामीले अहिलेसम्म कसले खाेलेकाे भन्नेसम्म पनि पत्ता लगाउन सकेनाै’ ।

फेसबुक पेज धेरै पहिला बनेको भन्दै त्यसपछि सरुवा भएर धेरै प्रहरी अधिकारी गइसकेकाले यसको एडमिन जिप्रकासँग छैन । फेसबुक पेजमा २०१६ अक्टुबर ४ मा प्रहरी दिवसका अवसरमा आयोजित खेलकुद कार्यक्रममा तस्वीर पोस्ट गरिएका छन्। त्यसयता करिब ३ वर्षपछि सो फेसबुक पेजमा प्रोफाइल र कभर तस्वीर परिवर्तन भएका हुन् । यो फेसबुक पेजमा ६ हजार दुईसय ४ जनाले लाइक गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily