+
Search

ताजा अपडेट +

पपुलर +

सिरानचोकको चिनारी ‘सिरानचोके चेली’ बजारमा

4KNationalDaily
२०७५ चैत्र ६, बुधबार २०:५७ बजे

गोरखा- ‘सिरानचोके चेली’ नाम गित बजारमा गीत अाएकाे छ ।  । गाउँपालिकाका पूर्ण भूभाग नसमेटे पनि विशेषत गुरुङ वस्ती रहेको गाउँ चित्रे पाप, खमारी, थालाजुङ, चिप्लेटी, ठूलोश्वारा, सिउरेनी, सिम्ले, श्रीनाथकोट लगायतका स्थानहरुको वर्णन गर्दै गीत बजारमा आएको हो ।

गणेश गुरुङ र दिप गुरुङले शब्द लेखन गरेको यो गीतले त्यहाँको रोधी, घाटु, चुट्का लगायतका संस्कृतिलाई समेटेर गीत लेखेका छन् । यस गीतको संगीत भने गुरुङले गरेका छन् । गीतलाई दुर्गा परियार र गणेश गुरुङको रहेको छ ।

गीतको म्यूजिक भिडियो सिरानचोक वरिपरिका गाउँहरुलाई नै समेटेर बनाइएको छ । दिप गुरुङको निर्देशनमा रहेको यो गीतलाई शम्भू चालिसेले छायाँकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् ।

भिडियोमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ‘विनिता’ र उवा मगरको अभिनय रहेको छ ।

भिडियाे

https://www.youtube.com/watch?v=TcI3RUxMUQU

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily