+
Search

ताजा अपडेट +

पपुलर +

गायक गणेश गुरुङको कौडा गित ‘सल्ला धुपैले’ सार्वजनिक

4KNationalDaily
२०७५ चैत्र ६, बुधबार २०:१३ बजे

काठमाडौं- कौडा गित सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलिक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ । यस गीतमा गुरुङले नै शब्द/शंकलन गरेका हुन् भने, लय पनि गुरुङले नै भरेका हुन् ।

जसमा कमल सौरागको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।

उक्त मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । ‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो । यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily