+
Search

ताजा अपडेट +

पपुलर +

गैडाकोटलाई हराउदै ‘लिगलिग पालुङटार मेयर कप’काे उपाधि गाेरखाकाे पाेल्टामा

4KNationalDaily
२०७५ चैत्र ६, बुधबार १७:३३ बजे

गाेरखा- गण्डकी प्रदेश स्तरिय खुल्ला नकआउट रनिङशिल ‘लिगलिग पालुङटार मेयर कप’ फुटबल प्रतियोगिताको उपाधि गाेरखा नगरपालिकाले उचालेकाे छ ।

पालुङटार हवाई ग्राउण्डमा बुधबार भएकाे फाइनल खेलमा गैडाकाेट नगरपfलिका नवलपुरलाई २-० ले हराउदै उपाधि हात पारेकाे हाे ।

जित सँगै गाेरखा नगरपालिकाले २ लाख ३४ हजार ५६७ रुपैयाँ र उपविजेता गैडाकाेट नगरपालिकाले  १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

फागुण २६ देखि सुरू भएकाे प्रथम संस्करणको फुटबल प्रतियाेगितामा गण्डकी प्रदेशका १८ टिमकाे सहभागिता रहेकाे थियाे । फागुन २६ गते एक कार्यक्रमकाविच प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

सेमिफाइनलमा पुतली बजार नगरपालिका स्याङ्जा प्रवेश गरेका थियाे । पुतलीबजारले ५४ हजार ३२१ रूपैया नगद पाएकाे छ । त्यसै, आजै भएकाे पालुङटार नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र कर्मचारीविच भएकाे मैत्रिपुर्ण खेलमा कर्मचारीले २-० ले जितेकाे छ ।

प्रतियोगितामा तनहुँका ब्यास, भानु र शुक्लगण्डकी नगरपालिका, लम्जुङको राइनास र बेशीसहर नगरपालिका, स्याङजाको गल्याङ, पुतलीबाजर र चापाकोट नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासीको देवचुली र गैंडाकाटे नगरपालिका सहभागी भएका थिए ।

र पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily