गाेरखा- गण्डकी प्रदेश स्तरिय ‘लिगलिग पालुङटार मेयर कप’ फुटबल प्रतियोगिताको फाइनलमा गोरखा र गैडाकोट नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ ।
पालुङटार हवाईग्राउण्डमा सोमबार भएको खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३ –० गोल अन्तरले पराजित गर्दै गोरखा नगरपालिका फाइनलमा पुगेको हो ।
गोरखालाई फाईनलमा पु¥याउन जमिर मास्के, अर्जुन गुरुङ र विष्णु विकले एक/एक गोल गरे । प्रतियोगितामा गोरखाका विवेक गुरुङ म्यान अफ द म्याच बनेका छन् । सोमबार नै भएको अर्को खेलमा गैडाकोट नगरपालिका नवलपुरले पुतलीबजार नगरपालिका स्याङजालाई २ –१ गोल अन्तरले हराएको हो ।
खेलमा गैंडाकोटका लागि सन्तोष गुरुङ र विजय कुमालले एक एक गोल गरेका थिए । जसमा पुतलिबजारका लागि अमन रानाले एक गोल मात्रै फर्काउन सके । प्रतियोगितामा गैडांकोटका विजय गुरुङ म्यान अफ द म्याच भएका छन् ।
फाइनल खेल चैत ६ गते बुधबार दिउँसो १२ बजेबाट शुरु हुनेछ । पतियोगिताको विजेताले नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र उपविजेताले नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् ।
सेमिफाईनलमा पराजित भएका देवचुली र पुतलीबजारले नगद ५४ हजार ३२१ रुपैयाँ पुरस्कार पाउने आयाेजकले जनाएकाे छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया