काठमाडाैं- दोहोरी व्याटलबाट खुबै चर्चा कमाएकी गायिका प्रीति आलेसँग तनहुँका बसन्त विश्वकर्माले ‘कुखुराको भाले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
लोक दोहोरी रोइला ब्याटल ‘कुखुराको भाले’ ल्याएर आएका गायक विश्वकर्माले युट्युबमा मात्रै नभएर पछिल्लो समय चर्चामा रहेको टिक टकमा समेत धमाल मच्चाइ रहेका छन् ।
आफ्नै लय, शब्द तथा संगीतमा तयार पारेको गीत कुखुराको भालेमा राजु ढकाल र कला लम्सालले समेत स्वर दिएका छन् । भने, गीतमा बसन्त, प्रीति, राजु र सबिता आलेले अभिनय गरेका छन् । यस्तै, गीतलाई गायक विश्वकर्माले आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
गाउँमा जातीय छुवाछुतको मार खेपेको केटा परिवारसहित तराई बसाईँ सर्छ तर, उसको गीत गाउने रहर मर्दैन । एकदिन ऊ कुखुराको भाले बोकेर गीत गाउन भन्दै काठमाडौँ आउँछ । तर, बिडम्बना उसले त्यो भाले बेच्न नपाउँदै मर्छ ।
यस्तै परिवेशमा भिडियो निर्माण गरिएको छ । तर, भिडियोको अवधारणा आफ्नो जीवनसँग भने मेल नखाएको गायक विश्वकर्माले बताए ।बसन्तले यसअघि ज्यानमाया, शितको थोपा मुना मुनामा, गल्लाले, नौजाले लगायतका गीत बजारमा ल्याइसकेका छन् ।
भिडियाे
प्रतिक्रिया