+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग बाणिज्य संघ गोरखाको ४५औ बार्षिक साधारण सभा सम्पन्न

4KNationalDaily
२०७५ फाल्गुन २५, शनिबार २३:०९ बजे

गाेरखा- उद्योग बाणिज्य संघ गोरखाको ४५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको कार्यालय छहरेमा भएको सभामा संघको बार्षिक प्रतिबदेन माथी छलफल समेत भएको थियो ।

महासचिव राजुबाबु श्रेष्ठले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठले आर्थिक बर्षको हर हिसावको प्रतिवेदन पेश गरे ।

संघले आगामी बर्षका लागि बहु उद्वेश्यीय सभाहल निर्माण, पर्यटन प्रर्बद्धनका कार्यक्रमहरु, प्लाटिक र फोहोर व्यवस्थापन कार्यक्रम, होमस्टे व्यवस्थापन कार्य, सदस्य बिपत कोष र गाउँपालिका स्तरीय बजार इकाई गठन लगायतका कार्यक्रम गर्ने समेत निर्णय गरेको संघले जनाएकाे छ ।

संघका अध्यक्ष जीवनज्वोती श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष शेखर गोल्छाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, गोरखा नगरपालिका गोरखाका मयेर राजनराज पन्त, संघका पूर्व अध्यक्षहरु इश्वरकाजी मास्के, संस्थाक सचिव धिरजबहादुर मास्के लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily