+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश स्तरीय ‘लिगलिग पालुङटार मेयर कप’को तयारी तीव्र, १८ टिम सहभागी हुदै

4KNationalDaily
२०७५ फाल्गुन २४, शुक्रबार १८:३७ बजे

गाेरखा- फागुण २६ देखि सुरू हुने प्रथम संस्करणको ‘लिगलिग पालुङटार मेयर कप २०७५’काे तयारी तीव्र रुपमा अघि बढि राखेको छ ।

गण्डकी प्रदेशका सम्प्रूर्ण नगरपालिका तथा गोरखा जिल्लाको सबै स्थानीय तह गरी ३५ टिम सहभागी हुन पाउने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने छन् ।

‘हाम्रो अभियान : खेलकुद पर्यटन, लिगलिग उत्थान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यो प्रतियोगिताले पालुङटारमा खेलकुद पर्यटनको विकास हुने पालुङटार नगरपालिका मेयर दिपक बाबु कंडेलले बताए ।

‘खेलकुद र पर्यटनलाई सँगसँगै विकास गर्नका लागि नगरपालिकाले लिगलिगे दौड जस्ता कार्यक्रम गर्दै आएको छ’ उनले भने, ‘यो प्रतियोगिताले पनि पालुङटारमा पर्यटक आगनमा बृद्धि हुनेछ’ ।

खेलकुद संस्कारको विकास गर्दै पालुङटारमा खेलकुद प्रशिक्षण केन्द्रको स्थापना गर्नु यो प्रतियोगिताको अर्को उद्देश्य रहेको उनले बताए । प्रतियोगितामा पत्र तथा टेलिफोन सम्पर्क गरी सहभागी हुन सम्प्रूर्ण नगरपालिकालाई खबर गरिसकेको र टिम दर्ताको अन्तिम समयसम्म १८ वटा टिमले दर्ता गरेको अायाेजक सदस्य सचिव किरण गिरीले जानकारी दिए ।

सहभागी हुनेमा गोरखाका आयोजक पालुङटार नगरपालिकाको दुई टिम, गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सहभागीता जनाउनेछन् भने १३ वटा टिम अन्य जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगितामा तनहुँका ब्यास, भानु र शुक्लगण्डकी नगरपालिका, लम्जुङको राइनास र बेशीसहर नगरपालिका, स्याङजाको गल्याङ, पुतलीबाजर र चापाकोट नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासीको देवचुली र गैंडाकाटे नगरपालिका सहभागी छन् ।

सम्बन्धित नगरपालिकाको टिममा सोहि नगरपालिकाको स्थायी बासिन्दाले मात्र खेल्न पाउने नियमले समग्र गण्डकी प्रदेशकै खेलाडी छनोटमा यो प्रतियोगिताले सहयोग पुग्ने लिगलिग पालुङटार मेयर कप २०७५ को संयोजक एवं पालुङटार नगरपालिका वडा नंं १ का वडा सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य सन्तोस पोखरेलले बताए ।

फागुण २६ गतेको उद्घाटन खेलमा आयोजक पालुङटार नगरपालिका बी र बाग्लुङ नगरपालिका बाग्लुङ बिच खेल हुने छ । त्यस्तै पालुङटार नगरपालिककाकै टिमलाई दुई हप्ता अघि देखिनै प्रशिक्षक राखेर प्रशिक्षण दिईराखेको जिल्ला फुटबल संघ गोरखाका सल्लाहकार प्रेम गुरुङले जानकारी दिए ।

चैत ६ गते फाइनल खेल र समापन कार्यक्रम तय भएको प्रतियोगिताको प्रथम पुरस्कार रनिङ शिल्ड ट्रफी र नगद पुरस्कार २ लाख ३४ हजार ५६७ रहेको छ । त्यसैगरी द्धीतिय पुरस्कार नगद १ लाख २३ हजार ४५६ राखिएको छ ।

सेमिफाइनलमा पुग्ने दुई टिमलाई क्रमशः ५४ हजार ३२१ र उत्कृष्ट खेलाडी एक जानालाई १२ हजार ३४५ पुरस्कार दिने आयोजकले बताएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्तालाई क्रमशः ९ हजार ८७६ पुरस्कार राखिएकोछ ।

प्रत्येक वर्ष आयोजना गरिने यो रनिङ शिल्ड पालुङटार नगरपालिका नगरकार्यपालिकाको मातहतमा रहेको नगर खेलकुद विकास समितिको आयोजनामा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily