+
Search

ताजा अपडेट +

पपुलर +

७० लाख लागतमा निर्माण हुन लागेकाे ब्रहमचारिणीकाे भवनमा गुणस्तरहीन समान

4KNationalDaily
२०७५ फाल्गुन २०, सोमबार २३:१० बजे

गाेरखा- बारपाक सुलिकोट गाउपालिका ८ पन्द्रुङ जराङमा बन्दै गरेको ब्रह्मामा चारिणी आधारभूत विद्यालयको नया भवनमा गुणस्तरहीन इट्टा बालुवा प्रयोग भएको पाईएको छ।

वडा कार्यलय र स्थानीय बासिन्दाहरुले अनुगमन गर्दा गुणस्तरहिन सामान प्रयोग भएको भेटिएको हो। वडा कार्यलय र स्थानीय बासिन्दाहरुले पटकपटक खबरदारी गर्दा पनि ठेकेदारले अटेरी गरेकाे स्थानियले अाराेप लगाएका छन् ।

विद्यालयकाे भवन निर्माणकाे जिम्मा पाएका ठेकेदार दिपक बाेहाेराले भवन निर्माण गर्दा कमसल सामान प्रयाेग गरेका छन् । सिमिन्ट देखि बालुवासम्म कमसल खालकाे हालेकाे अनुगमन गर्दा फेला पारेकाे हाे ।

विद्यालयका प्रधानध्यपक धन बहादुर सुर्खेती र व्यबस्थापन समितिका अध्यक्ष निर बहादुर गुरूङकाे लापरबाहिले ठेकेदारले कमसल सामान हालेकाे स्थानियकाे गुनासाे रहेकाे छ । विद्यालय डिएपि र गाउपालिकाको सहयोगमा ७० लाख लागतमा बन्न लागेकाे हाे । पहिलो चरणमा ४ कोठे भवन बन्न लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily