+
Search

ताजा अपडेट +

पपुलर +

‘सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा शिक्षकको भुमिका’

4KNationalDaily
२०७५ फाल्गुन १७, शुक्रबार ०८:४८ बजे

बर्षा ढकाल

शिक्षक शब्द आफैमा प्यारो एक शब्द । जसले हजारौं कलिला कोपिलाको मुनाहरुलाई धेरै परिश्रमका बाबजुद एउटा फक्रिएकाे फुल निर्माण गर्न सक्ने क्षमता बोकेको हुन्छ।

शिक्षकमा एउटा यस्तो क्षमता र शक्ति रहेको हुन्छ जसको ब्यक्तिगत पहलमा ठुलै तापक्रम पैदा गर्न सक्छ। समाजको अरु बर्ग भन्दा प्रतिष्ठित बर्ग, हजारौ बालबालिकाको आशा र भरोसा, सम्पुर्ण अभिभावक र विद्यार्थीको बिश्वासको एकमात्र आधार हामी शिक्षक।

यति भनिरहदा छुट्टै आनन्द आउँछ कि ती लाखौ हजारौं शिक्षक भित्र म आफू पनि एक शिक्षकको उपमा पाउँदा । तर दुर्भाग्यवश भनौ वा के भनौ पछिल्लो समय सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमाथी औला उठेको देख्दा, धेरै कारणहरु मध्ये हामी शिक्षक पनि एक कारण त होइनौ?

यसो त शैक्षिक गुणस्तर खस्किनुमा शिक्षकको नै कारण त भन्न मिल्दैन र पनि केही हकदार पक्कै छौ। बिशेष गरि सामुदायिक बिद्यालयको कुरा गर्दा, अहिले बिद्यार्थीको चाम हेर्ने जो भने सामुदायिक बिधालयको दाजोमा निजि बिधालयहरुमा देखिन्छन ।

किन यस्तो भैराखेको छ खोजी गर्न जरुरी छ। पछिल्लो समय हामी सामुदायिक बिद्यालयमा हेरिने दृष्टिकोण भिन्न पाइएको छ। यहाँ विभिन्न उपनामले गाली गलोज गरिन्छ । भनिदो रैछ ‘शिक्षकको काम कहिले जाने घाम’ दुख लाग्छ यस्ता विभिन्न टुक्काले व्यंग्य गरेको देख्दा, तर केही कमजोरी नभै यस्ता व्यंग्यात्मक व्यबहार त पक्कै आएनन होला?

सामुदायिक बिद्यालयका शिक्षक हामी जो आफू सरकारी बिधालयमा पढाएर ठुला ठुला झोलाका भारी बोकाएर आफ्नो छोराछोरी लाई बोर्डिङ पठाउछौ, हामी शिक्षक जो नेपाली माध्यममा पढाएर आफ्नो छोराछोरी फरर अङ्ग्रेजी बोलोस भन्ने चाहान्छौ, हामी शिक्षक जो आफू आफ्नो बिद्यार्थीलाई गृहकार्य दिन गाह्रो मान्छौ दिए पछि जाच्न अल्छि लाग्छ तर आफ्नो बालबच्चाको एकदिन कापिमा रातो मसिले गृहकार्य दिएको देखेनौ भने तुरुन्त उजुर गरिहाल्छौ, बिद्यालयमा सहि समयमा उपस्थित भएर कक्षामा जादा पटकौ पल्ट हाम्रा मोबाइलका घण्टी बज्छ ।

हामीलाई फोन उठाउन हतार भैहाल्छ हामी सोच्दैनौ कि फोन भन्दा बिद्यार्थी को भबिस्य ठूलो हो। फोन केही समय पछि पुन गर्न मिल्छ तर १ मिनेट समयले पनि विद्यार्थीलाई कति नोक्सानी हुन्छ भन्ने। हामि फुर्सदको समयमा आफ्नो विषयबस्तु तयार गर्नु को सट्टा घामको रापमा बसेर गफमा होमिन्न धेरै रमाइलो हुन्छ। अभिभावक संग अन्तरक्रिया बिरलै मात्रामा गर्छौ। विभिन्न पार्टीको बन्द र हडतालमा यति खुसी हुन्छौ कि मानौ कुनै एउटा चाड्पर्ब नै आए जस्तो।

यस्ता यावत समस्याहरु छन जुन कुरा ले गर्दा कुनै समय शिक्षक समाजमा एक प्रतिष्ठित ब्यक्तिको रुपमा चिनिने हामी शिक्षक अहिले पसल र गल्लिमा चिया गफ सगै गाली र हासोको पात्र बनेको छौ।

यस्ता धेरै समस्या छन जुन हामी शिक्षकले सुधार्न पर्ने जरुरी छ । यसो त सबै कमजोरी शिक्षकको मात्र हुदैन तर पनि बिद्यालय सुधारे र शैक्षिक गुणस्तर उकास्न माथी उल्लेखित धेरै समस्याहरु नसुधारिए सम्म सामुदायिक बिधालयको शैक्षिक गुणस्तर आउन कठीन देखिन्छ।

हामि शिक्षकले नवीन ज्ञान, बुद्दि, बिबेक र प्रबिधीले आफुलाइ सधै सुसज्जित बनाउने जागर चलाएर उस्साहित भएमा मात्र रोजक ढङ्गबाट जिबनयोपगी शिक्षा प्रदान गरेर एक सफल आदर्श शिक्षक बन्न तथा शिक्षण पेसा लाई गरिमामय पेशा बनाउन सकिन्छ।

– लेख ढकाल जनकल्याण माद्यमिक बिद्यालयकी शिक्षिका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily