+
Search

ताजा अपडेट +

पपुलर +

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना लगातार छैटौं पटक फाइनलमा

4KNationalDaily
२०७५ फाल्गुन १६, बिहीबार १८:३९ बजे

म्याड्रिड– बुधबार राति भएको एल क्लासिको भिडन्तमा रियल म्याड्रिडमाथि बार्सिलोनाले जित हात पारेको छ। कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनाले रियललाई ३-० ले हराएको हो।

यसअघि पहिलो लेग १-१ बराबरीमा सकिएको थियो। दोस्रो लेगमा जित हात पारेसँगै बार्सिलोना ४-१ को नतिजासहित प्रतियोगितामा लगातार छैटौं पटक फाइनलमा प्रवेश गरेको छ। बार्सिलोनाले यसअघिका चार प्रतियोगिताको लगातार उपाधि जितेको थियो।

बुधबार बार्सिलोनाका लागि लुइस सुआरेजले ५० र ७३ मिनेटमा गरी २ गोल गरे। त्यसअघि रियलका राफायल भारानले ६९ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा बार्सिलोनाले फाइदा उठाएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल फिनिसिङमा पटकपटक चुकेको थियो। रियलले बार्सिलोनाको पोस्टमा १४ सर्ट प्रहार गरे पनि कुनै पनि गोलमा परिणत हुन सकेन।

अब बार्सिलोनाले उपाधिका लागि आगामी २५ मेमा रियल बेटिस वा भ्यालेन्सिया मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily