काठमाडाैं- लायन्स क्लव अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अपाङ्गता भएका व्यक्तिको खेलकूदको प्रतिभालाई उजागर गर्नको लागि बुटवलमा ह्वील चियर बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको विषयमा बुटवलमा पत्रकार सम्मेलनको गरी फागुन २४ र २५ गते बुटवलमा उक्त प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिएको हो । लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष रोशनी पाण्डेले उक्त प्रतियोगिताका लागि प्रभु पे डिजिटल वालेटलले मुख्य प्रायोजकको रुपमा साथ दिएको बताइन् ।
लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष रोशनी पाण्डेले उक्त प्रतियोगिताका लागि प्रभु पे डिजिटल वालेटलले मुख्य प्रायोजकको रुपमा साथ दिएको बताइन् ।
प्रतियोगिताको नाम नै ‘प्रदेश स्तरीय प्रभु पे ह्वीलचियर बास्केटबल प्रतियोगिता’ राखिएको हो । समाजमा अपाङ्गता भएका व्यक्तिहरुमा रहेको क्षमतालाई देखाउन, उनीहरुमा रहेको हिनताबोध हटाउन र उर्जाशील बनाउन खेलकुद सशक्त माध्यम भएको कारण अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदले उनीहरुप्रति हेरिने दृष्टिकोणलाई परिवर्तन गरी समाजको नकारात्मक अवधारणालाई परिवर्तन गर्ने भूमिका निर्वाह गर्न गर्नको लागि पनि खेलकुद प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पाण्डेले जानकारी दिइन् ।
कस्ता-कस्ता टिम सहभागी हुँदै
बुटवल देवीनगरमा रहेको भूपू सैनिक क्लव देवीनगर बुटवल रुपन्देहीको प्राङ्गणमा हुने प्रतियोगितामा नेपालभरबाट १ सयभन्दा बढि ह्वीलचियर बास्केटबल प्रतियोगीहरु सहभागी हुनेछन् ।
प्रतियोगितामा ७ वटा प्रदेशबाट प्रदेशस्तरीय खेलाडीहरुको साथै ४ वटा छुट्टै महिला खेलाडी टिमको पनि सहभागिता हुनेछ ।
कुल १२ वटा टिमको सहभागिता हुने प्रतियोगितामा उत्कृष्ठ पुुरुष र महिला दुबै टिमलाई नगद सहितको पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक एली क्षेत्रीले जानकारी दिइन् ।
प्रथम हुने महिला र पुरुष दुबै टिमलाई नगद २५ हजार रुपैयाँको पुरस्कार राखिएको छ भने द्धितिय टिमलाई २० हजार, तृतिय टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको हो ।
प्रदेश नम्बर १, २, ३, गण्डकी प्रदेश, ५, कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट पुरुषहरुको एक/एक टिम र नेपाल आर्मीको थप एक टिम सहभागी हुने छन् भने महिला तर्फबाट नेपालभरका विभिन्न ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरुको छुट्टै ४ वटा टिम सहभागी हुने अायाेजकले जनाएकाे छ ।
प्रतिक्रिया