काठमाडाैं- भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी धेरै फ्यान नै छौ।
अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो सोर्ता खोज्दै नेपालमा आउने कर्म बढ्दैछ । तेति मात्रै होइन अब आफ्नो सिर्जनालाई नेपाली सोर्ता माझ पुर्याउन उनिहरु प्रयासरत छन।
हाल अमेरिका रहेका पाकिस्तानी मुलका गायक, रचनाकार र म्युजिक प्रोड्युसर नोभिन मौरिसले आफ्नो नयाँ म्युजिक भिडियो ‘तेरे पिछे’ सार्वजनिक गरेका छन।
उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक यस गीतमा उनको आफनै स्वर रहेको छ भने यस गीतमा र्याप आइजेको रहेको छ ।
गीतमा शब्द र संगीत आशिक मुसिकको रहेको छ। नोभिन गायक मात्रै नभएर एक राम्रो प्रफोमिङ आर्टिस्ट पनि हुन ।
उनले बलिउडका चर्चित कलाकार मिका सिंह, प्रीतम, सुश्मिता सेन लगायतका कलाकार संग स्टेज शेयर गरिसकेका छन। आगामी दिनमा नेपाली कलाकार संग पनि सहकार्य गरेर अघि बढ्ने उनको सोच रहेकाे छ।
प्रतिक्रिया