+
Search

ताजा अपडेट +

पपुलर +

‘पिरतीको पब्जी’ गीतको म्युजिक भिडियो बजारमा

4KNationalDaily
२०७५ फाल्गुन १२, आईतवार १७:१२ बजे

काठमाडौं- युवा तथा किशोर–किशोरी माझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ अनलाइन खेल हो ‘पब्जी। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक हो।

यसै चर्चित खेलमा आधारित भएर एउटा गीत तयार भएको छ। ‘पिरतीको पब्जी’ बोलको गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको हो।

गीतमा सञ्जय उपमान्यु पाण्डेको स्वर रहेको छ भने शब्द डिपी खनालले लेखेका हुन्। म्युजिक भिडियोलाई सुर्य योञ्जनले निर्देशन गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily