काठमाडाैं- भिडियो रिलिजको छोटो समयमा डिजिटल बजारमामा १० लाखले हेरिसकेको सानी बोलको म्युजिक भिडियो बिस्तारै अब टिकटकमा पनि पपुलर बन्दै गैरहेको छ।
गायक सुदन गैरेको कमब्याक गीतको रूपमा रहेको यस गीतमा अहिले धेरै टिकटक बनिरहेका छन ।
हालै बलिउडकि कोरियोग्राफर तथा युटुयुवर दीपा लेयेनगरले यस गीतमा टिकटक बनाएर शेयर गरेकी छिन।
सानी बोलको यस गीतमा गायक गैरेको एकल स्वर र संगीत रहेको छ । गीतमा शब्द प्रतिमा शर्माको रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ।
उत्सव दहालले खिचेको गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन।
म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।
प्रतिक्रिया