+
Search

ताजा अपडेट +

पपुलर +

राेजगारीकाे नाममा इराकमा माैलाउदै ठगी, नेपालीले नेपालीलाई नै यसरी ठग्छन् ! [भाग- ३]

4KNationalDaily
२०७५ फाल्गुन ११, शनिबार २१:४१ बजे

काठमाडाैं- राेजगारीकाे शिलशिलामा नेपालबाट भारत हुदै तेस्राे मुलुक पुग्ने नेपालीकाे संख्या दिनानु दिन बढ्दाे क्रममा छ । नेपालमा राेजगारी पयाप्त मात्रामा नभएपछि दलालकाे फन्दामा परि भारत हुदै दुवई, अाेमान, कुवेत, अफगानिस्थान, लिविया या इराकमा पुग्ने नेपालीकाे सख्या क्रमश बढ्दै गएकाे छ ।

हामीले अगिल्लाे २ वटा स्टाेरीमा नेपालबाट दलालले कसरी इराक ल्याउछन् । इराक ल्याएपछि यहाँकाे अबस्था के छ लगायतका बिषयमा चर्चा गरेका थियाे । अाज हामी राेजगारका नाममा कसरी नेपालीले नेपालीलाई ठगी गर्छन् त्यसकाे बारेमा चर्चा गर्नेछाैँ ।

सबैभन्दा पहिला इराककाे हावा पानी जानाै । अहिले इराकमा केहि मात्रामा गर्मि महसुस हुदै अाएकाे छ । जाडाे माैषम सकिएपछि यहाँ कामका लागि धेरै अवसरहरू हुन्छन् ।

जाडाे समयमा बन्द भएका केयाेँ, हाेटल, रेष्टुरेन्ट देखि प्रिन्टिङ प्रेस, कुलर कम्पन्नी देखि चुराेट, रक्सी कम्पनीसम्मले अहिले इराकमा रहेकाे अाफ्नाे मान्छेका माध्यमबाट राेजगार सुरू भएकाे जनाउ दिएका छन् ।

अनि कुरा अायाे । तपार्इ इराकका बिशेष गरी इर्विल सहरमा अाउनु भएकाे कति भयाे ? १/२ या ५/६ महिना ! यदि त्यसाे हाे भने तपार्इलार्इ विभिन्न साथीकाे माध्यमबाट राेजगारी छ भनेर कसैले भनिहाल्याे भने बिश्वास नगर्नुहाेला ?

किनकि, सबैभन्दा पहिला तपार्इसँग यहाँ कानुनी रूपमा काम गर्नका लागि अकमा चाहिन्छ । सबै ठाँउमा काम गर्नलार्इ अकमा नै चाहिन्छ भन्ने पनि हुन्न । कतियय नेपालीहरूले ३/४ बर्षदेखि विना अकमा पनि काम गर्दै अाएका छन् । तर, अब विना अकमा काम गरेतापनि घरमा पैसा पठाउने बेलामा अकमा नहुने नेपालीलार्इ समस्या पर्न सक्छ ।

कुर्तिस्तान सरकारकाे नयाँ नियम अनुसार अब अकमा हुने हरेक नेपाली या तेसाे मुलुककाे नागरीकले अाफ्रनाे अकमाबाट अाफ्नाे देशमा पैसा पठाएकाे ग्यारेन्टि पेपेर विमानस्थलमा खाेज्ने भएकाे छ ।

जस्तै, तपार्इले २ बर्षसम्म अाफुले कमाएकाे र साथीले कमाएकाे पैसा अाफ्नाे देशमा पठाउनु भयाे भने तपार्इलार्इ विमानस्थलमा समस्या पर्न सक्छ । त्यसमा लागि तपाइले अाफ्रनाे काम गरिरहनु भएकाे कम्पनीसँग स्यालरी स्लिप लिएर मात्र गएमा तपार्इ समस्या पर्नुहुन्न ।

किन अाउछन् नेपाली इराकमा

प्राय अहिले, इराककाे बग्दाद र कुर्दिस्तानकाे बिशेष गरी इर्बिलमा धेरै नेपाली छन् । बग्दादमा भएका नेपालीहरूले राेजगारी नै छन् । तर, इर्बिलमा भएका नेपाली भने प्राय बेराेजगार छन् ।

इर्बिलमा मात्रै अहिले १५ हजार भन्दा बढि बेराेजगार नेपाली युवा युवती रहेकाे पार्इन्छ । उनीहरूलार्इ दलालले राम्राे राेजगारी पाइन्छ भन्लै भारत यहाँ ल्याएका हुन् ।

केहि समय अगि भारतकाे मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेपछि इराकमा सक्रिय रूपमा लागेका दलाल पछि हटेका छन् । उनीहरूका लागि नेपाल/भारतमा बसेर काम गर्ने दलाल समेत पक्राउ परेपछि कतिपय दलालहरूकाे हिराेबिजाेग नै भएकाे छ ।

पाँचसय डलरका काम लागि २५० डलर कमिसन

तपार्इ बेराेजगार हुनुभएकाे हाे भने अब दलालले तपार्इलार्इ राेजगार दिन सक्छन् । तर, त्यसका लागि तपार्इले दलाललार्इ कमिसन बुझाउनु पर्ने हुन्छ । जस्ताेकि ५०० डलरकाे कामका लागि तपार्इले २५० अमेरिकि डलरभन्दा बढि कमिसन बुझाएमा मात्र तपार्इले राेजगार पाउनुहुन्छ ।

साेचे जस्ताे सजिलाे छैन इराकमा !

इराकमा रहेका ५० हजार नेपालीकाे राेजगार गुम्दै, भन्छन्- ‘हामी पनि नेपालकै नागरिक हौं सरकार !’

श्रममन्त्रीलार्इ इराकबाट खुल्लापत्र, ५० हजार श्रमिककाे राेजगारीकाे ग्यारेण्टी गरियाेस

सरकारले रोक्यो अफगानिस्तान, लिबिया, इराक र सिरियाको श्रम स्वीकृति, भिजिट भिसामा पनि कडाइ

इराकमा रहेका नेपाली श्रमिककाे हकहितका लागी इराकी श्रमिक संस्थाकाे चासाे, नेपाली भन्छन् ‘भिजिट भिषा बन्द गराै’

इराकका गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल, तपाइपनि फस्नु हाेला, हाेस गर्नाेस ! (भाग-१)

भिजिट भिषामा इराक : गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल (भाग-२)

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily