गाेरखा- उत्तरी गोरखाको गुरुङ भाषामा निर्माण भएको पहिलो चलचित्र ‘फुङ’ आजबाट देशभरका फिल्महलमा प्रदशन भएकाे छ। जिल्लाकाे गोरखकाली चलचित्र मन्दिर गोरखा बजारमा समेत प्रर्दशन भएकाे हाे ।
उत्तरी गोरखा तमु समाजले शुक्रबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलनमा गरी चलचित्र प्रदर्शनीको बारेमा जानकारी गराएकाे थियाे। गुरुङ समुदाय भित्र रहेको भाषा, सँस्कार, संस्कृतिलाई जर्गेना गर्न चलचित्र निार्मण गरिएको ‘फुङ’ चलचित्र निर्माता आइतराम गुरुङले जानकारी दिए ।
प्रितम गुरुङको निर्देशनमा बनेको सो चलचित्र बेब्स व्रियशन प्रालिको ब्यानरमा निर्माण भएको हो । चलचित्रको छायाकन धार्चे गाउँपालिका वडा–५ गुम्दामा भएको निर्माण पक्षले जनाएको छ । १ घण्टा ३१ मिनेटको चलचित्र ‘फुङ’ अरु चलचित्र भन्दा भिन्दै रहेको ‘फुङ’का निर्देशक प्रितम गुरुङले बताए ।
चलचित्रमा उत्तरी गोरखाका गुरुङ समुदायको भाषा, सँस्कार, सँस्कृति भल्किएको गुरुङले बताए । ‘चलचित्र आर्टिफिसियल भन्दा पनि नेचुरल, कल्चर डकुमेट्र टाइपले बनाएको छौ’, उनले भने । उक्त चलचित्रमा मुख्य भुमिकामा उत्तरी गोरखाकै कलाकारहरु आइतराम गुरुङ, राम गुरुङ, बुद्ध गुरुङ, मिरा गुरुङ, सलिना गुरुङ, तुल बहादुर गुरुङ, धन बहादुर गुरुङ, खगेन्द्र गुरुङ लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया