काठमाडौ- पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत युट्युबमा अपलोड भएको तीन दिनमा तीनलाख बढी दर्शकले हेरेका भने नेकपा कार्यकर्ताको चर्को दवावपछि गायक शर्माले आफ्नो युट्युब च्यानलवाट हटाए ।
युट्युबवाट हटाइएको गीत लुट्न सके लुट वारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मुख खोलेका छन् । सुदुरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भुलचुकमा बनाएको गीतलाई ‘जनताले मन नपराएपछि’ युट्युबवाट हटाएको बताएका छन् ।
फेब्रअरि १७ मा पशुपति शर्माले आधिकारिक च्यानलमा गीत पुनः अपलोड गरे । आधिकारिक च्यानलमा २ सय भन्दा बढी कमेन्ट आएको छ । गीत सुनेर कमेन्ट गर्नेहरुले समय सान्दर्भिक भन्दै प्रसंसा गरेका छन् ।
प्रतिक्रिया