काठमाडाैं-जारी सिरी-ए फुटबल खेल अन्तर्गत साविक विजेता युभेन्टसले इटालियन सिरी ए को शीर्ष स्थानमा १४ अंकको स्पष्ट अग्रता बनाएको छ ।
गए राति भएको खेलमा युभेन्टसले रेलिगेसनबाट बच्न संघर्षरत फ्रोसिनोनेलाई ३–० गोलले पराजित गर्यो ।
खेल सुरु भएको छैटौं मिनेटमै पाउलो डिबालाले क्रिष्टियानो रोनाल्डोको पासमा गोल गरी युभेन्टसलाई अग्रता दिलाएका थिए ।
लियोनार्दो बोनुक्कीले १७ औं मिनेटमा गोल गरी एलियान्ज रंगशालामा उपस्थित घरेलु समर्थकलाई खुशी तुल्याए ।
पहिलो हाफमा २–० ले अगाडि रहेको युभेन्टसले दोस्रो हाफमा अर्को गोल थप्यो । रोनाल्डोले ६३औं मिनेटमा गोल गरी जारी सिजन आफ्नो गोल सख्या २१ पुर्याए । सिरी-ए लिगमाउनको गोल संख्या भने १९ पुगेको छ ।
युभेन्टसको २४ खेलबाट ६६ अंक भएको छ भने दोस्रो स्थानको नेपोलीको ५२ अंक छ । उसले १ खेल कम खेलेको छ । नेपोलीले आज टोरिनोसँग खेल्दैछ ।
प्रतिक्रिया