+
Search

ताजा अपडेट +

पपुलर +

बारपाकलाई हराउदै ‘प्रथम अजिरकाेट रनिङ कप’काे उपाधि बालुवाकाे पाेल्टामा

4KNationalDaily
२०७५ फाल्गुन ३, शुक्रबार ०१:११ बजे

गाेरखा- बारपाक-ए युवा क्लवलाई हराउदै ‘प्रथम अजिरकाेट रनिङ कप’काे उपाधि बालुवा युवा क्लवले जितेकाे छ ।

जिल्लाकाे बालुवा बजारमा गत २८ गतेदेखि भएको प्रथम अजिरकोट रनिङ कप भलिवल प्रतियोगिताको उपाधि बारपाकलाई हराउदै बालुवाले जितेकाे हाे ।

१५ टिमको सहभागिता रहेको प्रतियोगितामा बारपाक युवा क्लब-वि र कुसुण्डे निर्माण क्लब सान्त्वना भएका हुन् । प्रतियोगिताको विजेता बालुवा क्लबले रनिङ शिल्डका साथमा नगद ६० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता क्लबले नगद ४० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना टिमलाई दश/दश हजार रुपैयाँ पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएकाे छ ।

अजिरकोट गाउँपालिका ४ बालुवा बजारको खेल मैदानमा अजिरकोट स्पोर्टस डेभपलपमेन्ट फाउण्डेसनको आयोजना तथा बालुवा युवा क्लब र मनास्लु महिला समुहको सह आयोजनामा प्रतियोगिता भएको थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily