+
Search

ताजा अपडेट +

पपुलर +

गायक बद्रि पंगेनी र लक्ष्मी बानिँयाको ‘म्वाइ’ बजारमा

4KNationalDaily
२०७५ माघ २९, मंगलवार ०९:५६ बजे

 गोरखा- चर्चित गायक बद्रि पंगेनी र गायिका लक्ष्मी बानियाको नया म्युजिक भिडियो ‘म्वाइ’ सार्बजानिक भएको छ । केहि दिन अघि मात्र म्युजिक नेपाल युट्युब च्यानलबाट उक्त भिडियो सार्बजानिक गरिएको हो ।

लोकप्रिय सर्जक एकनारायण भण्डारीले लय संगीत भरेका गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । मधुर बस्नेत र शम्भु चालिसेको छायांकन रहेको भिडियो लाइ नबिन घर्ति मगरको सम्पादन रहेको छ ।

छोटो समयमा नै धेरै दर्शक श्रोताको मन जित्दै गएको गीतको भिडीयोमा चर्चित नायिका निता ढुङ्गाना र नृत्य निर्देशक शंकर बिसिको दमदार नृत्य देख्न सकिन्छ ।रास्ट्रिय लोक तथा दोहोरि प्रतिस्थान केन्द्रिय अध्यक्ष समेत रहेका पंगेनीको यस अघिका थुप्रै गित बजारमा हिट छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily