गोरखा- गायक सन्तोष परियारले एक पछि अर्को गर्दै गीति एल्बम बजारमा ल्याउदै छन् । त्यस्तै गरि परियारको नया म्युजिक भिडियो बजारमा आएको छ। सोमबार दिउँसो राजधानीमा आयोजित एक कार्यक्रममा सो गीतको भिडियो सार्वजनिक गरिएको हो।
रेड हर्स प्रोडक्सनको प्रस्तुती रहेको गीतमा हिमान्सु रायमाझीको शब्द रहेको छ। जसमा सन्तोष परियारले स्वर तथा संगीत भरेका छन्। भिडीयो मार्फत बाध्यताले बिदेशुनी पर्ने नेपालीको पिडा लाइ देखाउन खोजिएको हो ।
सन्देशमुलक भिडियोले स्वदेशमा नै मिहनेत र परिश्रमले खुसि साथ परिवार संग बस्न सकिन्छ र बैदेशिक रोजगारनै सबैथोक हैन भन्ने भाव बोकेको छ । दिलीप समानले निर्देशन गरेको गीतको भिडियोलाई फराज अर्पनले छायांकन तथा सम्पादन गरेका हुन्।
प्रतिक्रिया