गाेरखा- अजिरकाेट गाउँपालिका-४, बालुवा बजारमा जारी प्रथम अजिरकाेट रनिङ कप भलिवल प्रतियाेगिताकाे सेमिफाइनलमा ८ टिम पुगेकाे छ ।
बालुवा बजारकाे खेल मैदानमा जारी पहिलाे चरणकाे खेलबाट आठ टिम सेेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अजिरकोट स्पोर्टस डेभपलपमेन्ट फाउण्डेसनको आयोजना तथा बालुवा युवा क्लब र मनास्लु महिला समुहको सह-आयोजनामा साेमबारबाट जारी प्रतियोगिताकाे गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले एक कार्यक्रमकाविच उद्घाटन गरे ।
मंगलबार हुने सेमिफाईनलमा खरिबोट क्लब र तनहुँ क्लब तथा नमोबुद्ध युवा क्लब बारपाक युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, कुसुण्डे युवा क्लब र बालुवा युवा क्लब ए तथा थानिथानी युवा क्लब र बुलेट युवा क्लबबिच सेमिफाईनलमा प्रतिस्पर्धा हुने आयाेजकले जनाएकाे छ ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई नगद ६० हजार र ४० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, सान्त्वना दुई टिमलाई १०/१० हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल मंगलबार (भाेली) हुनेछ ।
प्रतिक्रिया