+
Search

ताजा अपडेट +

पपुलर +

गायक शिव परियारको ‘तिमि नै मेरो सास हौ’ सार्वजनिक

4KNationalDaily
२०७५ माघ २७, आईतवार १८:४३ बजे

काठमाडौ- नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘तिमि नै मेरो सास हौ’ को भिडियो सार्वजनिक भएको छ ।

प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमि नै मेरो सास हौ’ गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताए ।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको संगीत तथा एरेन्ज रहेको छ । गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् ।

 गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

सुहाना क्रियसनको प्रस्तुति रहेको सो भिडियो लोभलाग्दो र आकर्षक बनेको छ । बुद्ध थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।भिडियोलाई शिवले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily