+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारकाे आकाशमा सफल उडान गर्ने ‘नेपाली पाइलट’

4KNationalDaily
२०७५ माघ २२, मंगलवार २१:३६ बजे

गाेरखा- उघाेग बाणिज्य संघ, पालुङटार बजार इकाईकाे आयाेजनामा लिगलिगकोटबाट पालुङटारकाे माझटारमा सोमबार प्याराग्लाइडिङकाे परिक्षण उडान गर्याे।

साेमबार बजार इकाईकाे आयाेजनामा फागुन ३-१३ गतेसम्म चल्ने महाेत्सवकाे मुख्य आर्कषका रूपमा रहेकाे प्याराग्लाइडिङकाे परिक्षण उडान गरिएकाे थियाे । पालुङटारकाे लिगलिगकाेटबाट उडान गरी माझटारसम्म परिक्षण उडान गराउन सफल नेपाली पाइट हुन्, पालुङटार -५ का निस्सिम थापा मगर र पाेखराका प्रवीन केसी ।

लिगलिगबाट उडेर उनीहरु त्यसभन्दा माथि थप २ हजार मिटर उचाइमा पुगी एकघण्टा भन्दा बढी आकाशमा उडेका थिए । याै कुनै इन्जिनबाट चल्ने नभई हातबाटै नियन्त्रण गर्नु पर्ने भएकाेले उडेकाे स्थानकाे उचाइभन्दा माथि जानु धेरै कठिन हुन्छ ।

पाइलट थापा मगरले यस अगाडि केही प्रि वर्ल्डकपहरुमा भाग लिइसकेका थिए । उनले इन्डाेनेशियामा सम्पन्न एसियन कपमा संलग्न नेपाली टिमले तेस्राे स्थान हासिल गरेकाे थियाे । उनले पाेखरा बाट उडेरै काठमाडाैं २ सय किलाेमिटर करिब ३ घण्टामा पुगी पहिलाे पटक विश्व रेकर्ड बनाएका छन्।

हाललै मात्र उनी काेरियाकाे गाेचाङमा प्रि वर्ल्डकपमा भाग लिई फर्केका हुन् । उनी स्लाे क्रस कन्ट्रि फ्लाईटमा करिब ४ हजार मिटर अर्थात् झण्डै १४, १५ हजार फिट माथि आकाशमा कयाै घण्टासम्म उ्डन सक्छन् ।

उनी नेपालका पाइलटहरू मध्ये टप १० भित्र पर्छन् । उनीहरु पाेखरा प्याराग्लाइडिङमा आबद्द छन् । पाेखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य त्रिवरूपमा अगि बढिरहेकाे छ । उक्त विमानस्थल सञ्चालनसँगै सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङका उडान हुने छैनन् ।

पाेखराकाे विकल्पका लागी अन्य जिल्लाहरूमा परिक्षण उठान गरिएकाे पोखरा प्याराग्लाडिङ प्रालिका सञ्चालक भेनिश थापाले बताए । उनका अनुसार विमानस्थल सुचारू भएमा पाेखरामा याे व्यबसाय नै वन्द हुन सक्छ ।

जिल्लाका गाेरखा नगरपालिका, धार्चे गाउँपालिका केहि स्थानमा समेत परिक्षण उडान गरिएकाे थियाे । गाेरखा नगरपालिका र धार्चे गाउँपालिकाकाे सहयाेगमा उडान गरिएकाे भएपनि त्याे नियमित सञ्चालनमा भने आएकाे छैन् ।

पालुङटारकाे आकासमा नियमित प्याराग्लाइडिङ गर्न सकेमा पालुङटार तथा लिगलिगकाेटकाे पर्यटनमा समेत टेवा पुग्ने महाेत्सव दावी गरेकाे छ ।

‘हामीले अहिले महाेत्सवका लागी मात्र परिक्षण उडान गर्याे’, देवकाेटा भन्छन् ‘यदि महाेत्सव सकिएपछि पनि नियमित सञ्चालनमा ल्याउन सकेमा पालुङटारकाे मात्र नभई सम्रग जिल्लाकाे पर्यटन व्यबासयमा टेवा पुग्छ’ ।

केहि समय अगाडी लिगलिगकाेटकाे विकासमा टेवा पुर्याउने उद्देश्यले नेपालकाे सबैभन्दा ठुलाे ४० फिटकाे झण्डा ठडाईएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily