+
Search

ताजा अपडेट +

पपुलर +

लिगलिगकाेटमा ‘प्याराग्लाइडिइ’काे परिक्षण उडान

4KNationalDaily
२०७५ माघ २१, सोमबार २१:२७ बजे

गोरखा- पालुङटार नगरपालिकामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिएको छ । उघाेग बाणिज्य संघ, पालुङटार बजार इकाईकाे आयाेजनामा लिगलिगकोटबाट पालुङटारकाे माझटारमा सोमबार उडान गरिएकाे हाे ।

पालुङटार नगरपालिका–५ माझटारमा हुने पहिलो पालुङटार लिगलिग महोत्सवका लागि प्याराग्लाइडिङ परीक्षण गरिएको आयाेजकले जनाएकाे छ ।

‘महोत्सवमा प्याराग्लाइडिङ पनि समावेश गरेका छौ, सम्भव हुन्छ की हुदैन भनेर आज उडान परीक्षण गरेका हौं,’ इकाई संघका अध्यक्ष आशिष देवकोटाले भने ।

स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

फागुन ३ देखि १२ गते सम्म चल्ने महोत्सवमा ‘पालुङटार सिंगिङ एण्ड डान्सिङ स्टार’, औद्योगिक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, सांस्कृतिक भेषभुषा प्रर्दशनी, हास्यव्यंग्य र मनोरन्जनात्मक कार्यक्रम हुने देवकोटाले जानकारी दिए ।

महोत्सवको तयारी करिव ८० प्रतिशत सकिएको आयोजकले जनाएको छ । महोत्सवमा करिव डेढ सय स्टल रहनेछन् । महोत्सवको करिव ४५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सव स्थल प्रवेशका लागी सर्वसाधारणलाई ५० र बिद्यार्थीका लागी ३० रुपैयाँ रकम निर्धारण गरिएको छ । महाेत्सवका लागी करिव ३५ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily