+
Search

ताजा अपडेट +

पपुलर +

प्रेम अर्यालको सालैजो गित ‘सालको पात’ रिलिज, दिनेश र शोभालाइ यसरि नचाइन अनिताले …..

4KNationalDaily
२०७५ माघ २१, सोमबार ०९:२४ बजे

गोरखा– थुप्रै गित बजारमा ल्याइसकेका र दर्जनौ दर्जन गीतमा आवाज दिएका गायक प्रेम अर्यालको नयाँ मौलिक सालैजो गित सालको पात टपरी गासेर बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

बहुचर्चित सुमधुर स्वरकि गायिका टिका पुनको समेत आवाज रहेको उक्त गितको भिडियोलाइ पछिल्लो समय मोड्लिङ्ग हुदै निर्देशनमा हात हालेकी निर्देशक अनिता बस्नेतले निर्देशन गरेकी छन् ।

गोरखाको सुन्दर र रमणीय स्थल नामजुंगको सेरोफेरोमा खिचिएको भिडियोमा अर्का गायक एव चर्चित मोडल दिनेश थापा र शोभा थापाको दमदार नृत्य देख्न सकिन्छ ।

एपेक्स डिजिटलको प्रस्तुति रहेको भिडियोलाई महेश महराको छायांकन र गिरिस राज समिपको सम्पदान रहेको छ भने गितको लय संगीत गायक स्वयम् अर्यालले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily