+
Search

ताजा अपडेट +

पपुलर +

‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक, अनमोल फुटबल खेलाडिको भुमिकामा

4KNationalDaily
२०७५ माघ १८, शुक्रबार २०:५६ बजे

काठमाडाैं-  अनमोल केसीले अभिनय गरेको फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानी एक कार्यक्रमका विच फिल्मकाे ट्रेलर सार्वजनिक भएकाे हाे ।

फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकन उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अभिनेता अनमोलले फिल्ममा एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । ट्रेलरमा उनको खेलाडी अवतार जबरजस्त छ ।

अनमोलको अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग प्रेम, अन्य देशलाई फुटबलमा हराउन खेल मैदानमा गरेको संघर्ष, देशप्रेम, परिवारप्रतिको जिम्मेवारीलाई ट्रेलरमा रोचक शैलीमा देखाउन खोजिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्ने पक्का छ ।

फिल्मको निर्देशन दिवाकर भट्टराईले गरेका छन् । फिल्म फागुन १७ गते रिलिज हुने बताइएको छ । फिल्मा सुनिल थापा, विल्सनविक्रम राई, राजाराम पौडेल, सरोज खनाल लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily