+
Search

ताजा अपडेट +

पपुलर +

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने खुशीयालीमा भरतपुरमा दिप प्रज्वलन

4KNationalDaily
२०७५ माघ १६, बुधबार २०:३३ बजे

चितवन- चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक रूपमा सम्झौता भए पछि यसको खुसियालीमा भरतपुरमा दिप प्रज्वलन गरिएको छ।

बुधवार साँझ भरतपुरको चौविसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाहरुले दिप प्रज्वलन गर्दै कार्यक्रमको स्वागत गरेका हुन्। चितवनमै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनु खुसीको कुरा भन्दै उनिहरुले रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच बुधवार रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको हो।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ।

गुरुयोजना तयार भएको २ बर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ। रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily