बिश्व ब्रह्माण्ड नै गतिशील छ । जुन मानव जातिको उत्पत्ति र आजसम्मको मानसिक बिकासको गति हेर्दा नै प्रष्ट छ। कुनै समय एक कोषिय जिब पछि बहुकोषिय र आज अति विकसित मस्तिष्क भएको अहिलेको युग अनुसार भन्दा २१ औ शताब्दिको बैज्ञानिक सोच र चिन्तन भएको मानवजाति ब्रह्माण्डको गतिसगै बिकसित र रुपान्तरण हुँदै आज यहाँसम्म आइपुग्यौ।
यहीँ मानव जातिको भित्रको किसान परिवारको छोरो डा. बाबुराम बाट्टराई दुरदृष्टि र स्पष्ट भिजन सहितको विकसित सोचले आफुलाई प्रमाणीकरण गरेको उदाहरणिय ब्यक्ति पक्कै हुन। हुनत, बाबुरामको भिजन मन पराउने र समर्थन गर्ने ब्यक्तिहरु देशद्रोहि, बिखन्डनकारी चरीत्र भन्ने जस्ता नकारात्मक गालीको सिकार हुन्छ हाेला ।
जब युगले मागेको जनताको अधिकार सहितको संघीय लोकतान्त्रिक गणतन्त्र अनि संविधान निर्माण भएपछि लोकतान्त्रिकरणको जगमा टेकेर बिकास र समृद्धि मार्गमा हिड्न सकारात्मक सोच सहितको यथार्थ तथ्य परक बहस हुनुपर्छ भन्नु के गलत हो ?

जुन ७०/८० बर्षको संघषपछि प्राप्त लोकतन्त्रलाई जोगाउन समृद्धिकरणको यात्रामा एक दलिय अधिनायकत्व सहितको प्रणाली माक्रसवादी बिचार भन्दा माथीको बिचार, आवश्यक छ भनी नयाँ अभियानमा लाग्नु पक्कै दुरदर्शिता नै हो। जुन अहिले हाम्रो प्रतिब्यक्ती आम्दानी हजार डलर छ । यो बढ्दा सम्पुर्ण देश गरिबिको रेखामुनि हुन्छ।
गरिबि बढे समाजबाद र साम्यवाद पक्कै आउदैन। हाम्रो संविधानले परिकल्पना गरेको समाजबाद र साम्यवाद भनेको त विकशित उत्पादक शक्तिपछि, देशको औद्योगिक करण, श्रम शक्तिको अधिकतम परिचालन, प्राकृतिक साधन स्रोतको अधिकतम सदुपयोग पछि जुन उत्पादक शक्तिको बिकास हुन्छ । उत्पादनको प्रचुरता हुन्छ । त्यो बढ्दा सबैलाई सुखी र समृद्ध बनाउछ । यहि त होला समाजबाद/साम्यवाद ।
राजनीतिक पार्टी भन्दा बिचार र अवधारणा महत्त्वपूर्ण विषय हो भन्ने संसार भरी नै बहसको बिषय बनेको छ । १९/२०औं शताब्दिको राजनीतिक प्रणाली र कार्यदिशा भन्दा माथीको बिचार अहिलेको आवश्यक हो । यसैको लागि बाबुराम बदलिएका पक्कै हुन।
यदि रुपान्तरणलाई सकारात्मक ग्रहण गर्ने हो भने हामी आफैले प्रयोग गरेको मोबाईल फोन सजिलो उदाहरण बनेको छ । टेक्नोलोजीको बिकास भनेको मानव जातिको मस्तिष्कको सकारात्मक र उन्नत सोचबाट मात्र सम्भब भएको छ । हामिले प्रयोग गरेको फोन जति नै उन्नत कम्पनीको ब्रान्ड भएपनि त्यो भन्दा अर्को नयाँ र विकसित मोडेलको आएपछी उसले प्रतिस्पर्धा गर्न सक्दैन । भर्सन विकसित आउँछ । त्यसको विकल्प समय क्रमले आफै अर्को नयाँ ल्याएको हुन्छ । कुनै बेला प्राप्त लाभलाई सकारात्मक तबरले लिने र नयाँ प्रयोग गर्ने यथार्थ यहि हो ।
गति त निरन्तर चलिनै रहन्छ, बिदेशि वेभसाईटमा जानी नबुझि पढ्दा हामी नेपालीहरु जनसंख्याको अनुपातमा अहिलेको टेक्नोलोजी प्रयोग गर्नेमा दक्षिण एसियामा अग्र स्थानमा रहेछौं । २१औं शताब्दिको उत्कृष्ट टेक्नोलोजी प्रयोग गर्ने अनि मानसिक चिन्तन २०औं शताब्दिको राख्दा बाबुरामलाई भौतिक शरीर त उस्तै छ । नयाँ देखिन भन्ने जमात बढेको पक्कै छ । तर, यथार्थ यो होइन ।
यदि इतिहासबाट सिक्ने र इतिहास आधार मान्ने हो भने, आज भन्दा २५०० बर्ष अगाडि जन्मेका सिद्धार्थ गौतम बुद्ध कुनै दिन आफ्नै बाबु र आमाको विश्वयनताबाट समेत टाढा थिए रे ! आज तिनै गौतमबुद्व बिश्वको ७ अर्ब जनसंख्या मध्ये २ अर्ब जनसंख्या बुद्धको अनुयायी छ्न । यथार्थ बुझ्न समय पहिला लाग्थो । त्यति बेला चेतना र सञ्चार त्यस्ताे थियो । अब बिज्ञान र प्रबिधिको तीब्र बिकाशले धेरै समय लिदैन।
युद्ध र आन्दोलनबाट आएको ब्यक्ति कसरी रुपान्तरण हुन सक्छ भन्ने उदाहरण ‘इतिहास’ साची छ । अध्ययनले नै यहि देखाउछ । भारत बर्षका शक्तिशाली सम्राट अशाेक अहिलेको जुन भारत छ । त्यसलाई एकीकृत गर्ने काम उनले गरेका थिए– लाखौं मान्छेको हत्या भएको थियो । पछि तिनै सम्राट अशाेक बुद्धमार्गी भए शान्तिका सबैभन्दा ठुला भएपछि नेपालमा समेत आएर गौतम बुद्धको जन्म थलो लुम्बिनीमा अशोक स्तम्भ खडा गरेर शान्तिका सबैभन्दा उदाहरणिय ब्यक्ती उनै भए ।
इतिहासले के देखाउछ भने जसले निष्ठापुर्वक अगाडि बढ्छ । उसले कहिले क्रान्तिको नेतृत्व गर्छ । कहिले शान्ति, बिकास र समृद्धिको नेतृत्व गर्छ। बाबुरामले जनतालाई अधिकार सम्पन्न बनाउन, व्यवस्था फेर्न क्रान्तिको नेतृत्व गर्यो । अब जनताको अबस्था बदल्न चिन्तनलाई रुपान्तरण र विकशित बनाएर अगाडि बढेको छ ।
यथार्थ भन्दा टाढा रहेर कति समय रहन सकिन्छ र ! मानबमा भएको अन्र्तनिहित क्षमतालाई कुन रुपले प्रयोग गर्ने मात्र फरक हो । अहिलेको सुहाउँदो परिस्थिति अनुसार रुपान्तरण हुनु नै महत्त्वपूर्ण हुनेछ। त्यसैले त बाबुरामको भौतिक शरीर फेरिएको होइन, मानसिक चिन्तन रुपान्तरण र विकसित भएको मात्रै हो ।
प्रतिक्रिया