काठमाडाैं- अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा कप्तान पारस खड्काले शतक प्रहार गरेसँगै आउट भएका छन् ।
नेपालले युएईमा जारी घरेलु टोलीबिरूद्धको तेस्रो तथा निर्णायक एक दिवसीय खेलमा कप्तान पारस खड्काले उत्कृष्ट इनिङ्स खेल्दै १०९ बलमा ११५ रन बनाएर आउट भए।
उनले यस क्रममा १५ चौका र १ छक्का प्रहार गरे। ३८.५ ओभरमा खड्का क्वादेर अहमदको बलमा एलबिडब्लुको सिकार भएका हुन्। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा आरिफ शेख र सोमपाल कामी मैदानमा छन्।
यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।
प्रतिक्रिया