+
Search

ताजा अपडेट +

पपुलर +

दिपक मनाङ्गे १४ महिनापछि बने सांसद, लिए सपथ

4KNationalDaily
२०७५ माघ १४, सोमबार १८:१५ बजे

पाेखरा-गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको सपथ भएको हो। सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

मनाङे मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

मनाङे समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार प्रहार गरेको थियो। सोही अभियोगमा मनाङेमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यानमुद्दा नभई कुटपिट ठहर २ वर्ष जेल सजाय सुनाएको थियो।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनले सांसदको सपथ लिन पाएका थिएनन्।

१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका गत पुस ६ गते छुटेका थिए। पुस १२ गते २ पुसमा सपथका लागि प्रदेश सभामा निवदेन समेत दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily