+
Search

ताजा अपडेट +

पपुलर +

रोहित पौडेल बने अर्धशतक बनाउने विश्वकै कान्छो ब्याट्सम्यान

4KNationalDaily
२०७५ माघ १२, शनिबार १९:०१ बजे

काठमाडाैं-  युएईविरुद्धको खेलमा अर्धशतक बनाउँदै रोहित पौडेलले नयाँ विश्वकिर्तिमान राखेका छन् । उनी १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक पूरा गर्दै अर्धशतक बनाउने विश्कै सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

जनवरी २६ अर्थात आज उनले ५८ बलमा सात चौकाको मद्दतमा ५५ रन बनाएका थिए । यसअघि टेस्ट क्रिकेटमा यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए ।

एकदिवसीय क्रिकेटमा यो रेकर्ड पाकिस्तानका सहिद अफ्रिदीको नाममा थियो । उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।उनी कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने संसारकै चौथोँ कम उमेरका खेलाडी पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily