+
Search

ताजा अपडेट +

पपुलर +

इराकको सुलेमनीमा सोनाम ल्होछारको अन्तिम तयारी

4KNationalDaily
२०७५ माघ १२, शनिबार १५:४५ बजे

इराकको सुलेमनीमा अायाेजित सोनाम ल्होछारको अन्तिम तयारी चरणमा पुगेकाे छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान इराकको संयुक्त आयोजनामा हुने कार्यक्रमकाे तयारि अन्तिम चरणमा पुगेकाे अायाेजक संस्थाले जनाएकाे छ ।

‘आफ्नो मौलिक भाषा, धर्म, कला, संस्कृती र भेषभुषा हरेक जातीको पहिचान हो आफ्नो पहिचान संरक्षण गर्नु हामी मानव जातिको दायित्व हो’ भन्ने उदेश्यका साथ संस्था स्थापनाकाल देखिनै कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीले ल्होछार कार्यक्रम गर्दै आएको थियो ।

नेपाली महिला समाज कुर्दिस्तानको आगमन पश्चात् दुबै संस्थाले मिलेर कार्यक्रम गर्दै आएको ल्होछार कार्यक्रम यो पटक नेपाल तामाङ घेदुङ इराकको आगमन भएकोले सयुक्तरूपमा मनाउन लागिएकाे प्रवासी नेपाली समाज, सुलेमानीका महासचिव विनाेद श्रेष्ठले जानकारी दिए ।

याे कार्यक्रमकाे मिडिया पार्टनर गाेरखासन्देश डटकम लगायतका अन्य मिडियाहरू रहेका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफरकाे पायाेजकमा हुन लागेकाे कार्यक्रमकाे शेर्पा ग्रुपकाे सहयाेगी रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily