+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा दरबार र गोरखा संग्रहालय अब गोरखा नगरपालिका मातहात

4KNationalDaily
२०७५ माघ ११, शुक्रबार १६:२७ बजे

गाेरखा- गोरखा दरबार र गोरखा संग्रहालय गोरखा नगरपालिकाको मातहतमा रहने भएका छन् ।
गत असोज ८ गते बसेको मन्त्रीपरिषदको बैठकले गोरखा संग्रहालय र असोज २८ गते बसेको मन्त्रीपरिषदको बैठकले गोरखा दरबार हेरचाह अड्डा गोरखा नगरपालिका मातहत रहने निर्णय गरेको हाे ।

हाल पुरातत्व विभाग मातहत रहेका दुबै कार्यालय अबदेखी गोरखा नगरपालिकाको मातहतमा रहने भएका हुन् । देश संघिय संरचनामा गएसँगै स्थानिय, प्रदेश र संघ सरकारबिच अधिकारको बाडँफाडँ भएको छ ।

सोही अनुसार संघ मातहत पुरातत्व विभाग अन्तरगत रहेका दुई कार्यालयको अधिकार स्थानिय तहलाई दिने निर्णय मन्त्रीपरीषदको बैठकले गरेको थियाे। सोही निर्णय कार्यान्वयनका लागि पुरातत्व विभागले गत पुष ५ र १० गते गोरखा नगरपालिकालाई छुट्टाछुट्टै पत्र पठाएर कार्यालय स्थानिय तह मातहत गएको जानकारी गराएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily