+
Search

ताजा अपडेट +

पपुलर +

मझुवा देउरालीमा ५० लाख लागतमा ‘गाेरखा गेट’, गाेरखा नगरपालिकाका मेयरले गरे सिलान्यास

4KNationalDaily
२०७५ माघ ११, शुक्रबार १६:११ बजे

गाेरखा-तनहुँ र गाेरखा जाेड्ने मस्र्याङ्दी पुलनजिकै गाेरखा जिल्ला प्रवेश गर्ने मझुवा देउरालीमा ‘गाेरखा गेट’ भन्ने भएकाे छ । गोरखा नगरपालिकाकाे ५० लाख रुपैंयाको लागतमा बनाउन लागेको गेटको शुक्रबार सिलान्यास गरिएको हाे ।

गाेरखा नगरपालिकाका मेयर राजन राज पन्तले गाेरखा गेट उद्घाटन गर्न आतुर रहेको बताए । आउँदो चैतसम्म निर्माण सम्पन्न हुने उनको भनाइ छ । ‘निर्माण व्यबसायी संघका अध्यक्षले निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन’, पन्तले भने, ‘डिपिआरमा उल्लेख भएअनुसार गोरखागेटको गुणस्तरका लागि सरोकारवाला सबैले रेखदेख गरिरहनुपर्नेछ ।’ गेटमा गोरखाको पहिचान खुकुरीक्रस राखिने पनि उनले बताए ।

गोरखा गेटमा गोरखालाई चिनाउने अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्रीहरु पनि राखिने मेयर पन्तले सो अवसरमा बताए । गोरखागेटको निर्माण जिम्मा सुसु इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्शन प्रालिले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily