+
Search

ताजा अपडेट +

पपुलर +

आपपिपल अस्पतालमा निशुल्क अाखाँ परिक्षण, १ सय १८ जनाले लिए सेवा

4KNationalDaily
२०७५ माघ ५, शनिबार २२:०६ बजे

गाेरखा- जिल्लाकाे अापपिपल अस्पातालमा अाज (शनिबार) भएकाे निशुल्क आँखा परिक्षणमा १ सय १८ जनाकाे निशुल्क शल्यक्रिया गरेका छन्। तिलगंगा आँखा प्रतिष्ठान काठमाडाैं, पालुङ्टार नगरपालिका, राइनास नगरपालिका र सिरानचोक गाउँपालिकाकाे संयुक्त रुपमा आयोजना भएकाे निशुल्क आँखा परीक्षणमा उनीहरूकाे शल्यक्रिया गरिएको हाे ।

आँखा परीक्षण गरी विभिन्न स्थानहरुबाट मोतियाविन्दुका विरामीहरुको पहिचान गरी आँपपिपल अस्पतालमा ल्याएर निशुल्क शल्यक्रिया समेत गरिएको पालुङ्टार स्वास्थ्य इकाइ प्रमुख दिपेन्द्र गिरीले बताए ।

उनका अनुसार पौष २८ गते राइनास नगरपालिकाको चक्रतीर्थ स्वास्थ्य चौकी सातविसे लमजुङ, पौष २९ गते पालुङटार नगरपालिकाको आयुर्वेद भवन ठाँटीपोखरी, पौष ३० गते खोप्लाङ स्वास्थ्य चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो ।

चौकी खोप्लाङ, माघ २ गते सिरानचोक गाउँपालिकास्थित हर्मी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो ।

माघ ३ गते आँपपिपल अस्पतालमा निशुल्क शल्यक्रियाको नगरप्रमुख दिपक बाबु कंडेलले उदघाटन गरेका थिए । सो कार्यक्रममा गाउपालिककी उप प्रमुख पम्फा बसेल, डा. क्षितिजचन्द्र पौडेल, डा. शुस्मा दुवाल, डा. कल्पना सिंह, वडा नं. २ का वडाध्यक्ष लोकनाथ वाग्ले लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily